एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दै छ। आइतबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले ओमानलाई ८ विकेटले हराउँदै फाइनल यात्रा तय गरेको थियो। आइतबारै भएको दोस्रो सेमिफाइनलमा मलेसियालाई ६ विकेटले हराउँदै हङकङ फाइनलमा पुगेको हो। नेपालले समूह चरणको पहिलो खेलमा चीनलाई २२१ रन र दोस्रो खेलमा मलेसियालाई १६७ रनको विशाल अन्तरले