इजरायलमाथि इरानको मिसाइल प्रहार : संयमता अपनाउन ट्रम्पकाे अपिल

  • सोमबार २५ जेठ २०८३ ०६:५८ AM
काठमाडौं :  मध्यपूर्वको तनाव उत्कर्षमा पुगेका बेला इरानले आइतबार राति इजरायलमाथि कयौँ ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। लेबनानको राजधानी बेरूतमा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणको बदला लिन यो कारबाही गरिएको इरानले जनाएको छ। बेरूतमा भएको उक्त इजरायली आक्रमणमा २ जनाको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए।इजरायलका अनुसार गत अप्रिल महिनामा भएको युद्धविराम (सीजफायर) यता इरानले सोझै इजरायली भूभागमा मिसाइल प्रहार गरेको यो पहिलो पटक हो।आक्रमणपछि इरानको इस्लामिक रिभोलुस्नरी गार्ड कर्प्