नेपालगन्ज । लुम्बिनी प्राविधिक विश्वविद्यालयले प्रविधि, अनुसन्धान र नवप्रवर्तनलाई केन्द्रमा राख्दै ‘परिवर्तनका लागि प्रविधि’ विषयक राष्ट्रिय सम्मेलन आइतबार सम्पन्न भएको छ । सम्मेलनमा लुम्बिनी प्रदेशको दिगो विकासका लागि प्रविधिमा आधारित व्यावहारिक समाधान खोज्ने, शैक्षिक संस्था, उद्योग तथा सरकारी निकायबीच सहकार्य विस्तार गर्ने र अनुसन्धानलाई प्रवर्द्धन गर्ने विषयमा विस्तृत छलफल भएको थियो । दुई दिनसम्म नेपालगन्जमा