गोदावरी (ललितपुर)– नेपाल सेल्फ डिफेन्स मार्शल आर्ट्स संघको आयोजनामा तथा राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा सेल्फ डिफेन्स प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। आत्मरक्षा सम्बन्धी चेतना अभिवृद्धि, महिला तथा युवाहरूको सशक्तीकरण, खेलकुद विकास तथा सामाजिक सुरक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा करिब १२० जना खेलाडीहरूको सहभागिता रहेको थियो। प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघकी अध्यक्ष सरस्वती केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने समापन समारोहका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका निर्बर्तमान कार्यकारी बोर्ड सदस्य सुवर्ण श्रेष्ठ रहनुभएको थियो। प्रतियोगिता सिनियर महिला, सिनियर पुरुष, जुनियर महिला, जुनियर पुरुष, खुल्ला महिला तथा खुल्ला पुरुष गरी ... The post सेल्फ डिफेन्स प्रतियोगिता सम्पन्न, सिनियर पुरुषमा आरम्भ रोकाया प्रथम appeared first on Kalika Khabar.