भोलि अत्यावश्यक काममा मात्र घर बाहिर निस्कन प्रहरीको आग्रह

काठमाडौँ - उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौँले भोलि अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

आज एक सूचना निकाल्दै उपत्यका ट्राफिक प्रहरी कार्यालये भोलि उपत्यकाका विभिन्न स्थानहरूमा विभिन्न समूहले ¥याली र जुलुसका साथै विरोध प्रदर्शन गर्ने भएकाले काठमाडौँ उपत्यका भरी सवारी आवागमनमा असहजता सिर्जना हुन सक्ने बताएको छ ।

भोलि एकै दिन मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमालेको युवा संघ नेपालले काठमाडौँ केन्द्रित प्रदर्शन गर्दैछन् । प्रदर्शनबाट उत्पन्न हुन सक्ने सम्भावित घटनालाई लिएर प्रशासन कार्यालयले विभिन्न स्थानमा निषेधित क्षेत्र समेत घोषणा गरिसकेको छ ।

ट्राफिक व्यवस्थापन गर्ने क्रममा ट्राफिक प्रहरीले सवारी साधन जुनसुकै ठाउँबाट पनि डाइभर्सन गर्न सक्ने हुँदा ट्राफिक प्रहरीलाई आवश्यक सहयोग गर्न कार्यालयको अनुरोध छ ।