images

नयाँ कार्यकक्षमा प्रधानमन्त्री दाहाल (तस्वीरहरु हेर्नुहोस्)

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवलीकरण गरी पुनःनिर्माण गरिएको सिंहदरबारको प्रधानमन्त्री कार्यकक्षबाट काम गर्न सुरु गरेका छन् । विसं २०७२ को भूकम्पले क्षति पुगेको उक्त भवनको पुनःनिर्माण सम्पन्न भएपछि बुधबार प्रधानमन्त्री दाहालले सोही भवनबाट काम गर्न सुरु गरेका हुन् । 

सो क्रममा प्रधानमन्त्री प्रचण्डले सिंहदरबारको पछिल्लो भागबाट अघिल्लो भागमा सरेको र कामको प्रकृति पनि नयाँ ढंगले अघि बढ्ने संकल्प गरे । १२० वर्ष पुरानो भवनको मूल संरचनालाई जस्ताको तस्तै राखेर भूकम्पबाट भएको क्षतिपछि रेट्रोफिटिङ पुरा भएको उनले बताए । उनले पुननिर्माणमा सहयोग गर्ने सवैलाई धन्यवाद दिदै नयाँ शुभारम्भले नयाँ गति पक्रने र एकतावद्ध हुन मद्दत पुग्ने दाबी गरे ।

बुधबार ६ मंसिर २०८० ०३:०२ PM मा प्रकाशित

प्रतिक्रिया