आजको शेयर बजार हरियाली : नेप्से २० अंकले वृद्धि, १ अर्ब ८ करोडको कारोबार

काठमाडौँ - बुधवार सेयर बजार परिसूचक नेप्से २० अंकमाथिले बढेको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से सूचक यस दिन २०.६७ अंकले बढेर १८ सय ५०.३३ अंकमा उक्लिएको हो । यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.१५ अंकले बढ्दै ३५४.२१ अंकमा उक्लिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

म्युचुअल फन्ड बाहेक आज सबै उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी होटेल तथा पर्यटन समूहको उपसूचक ३.४९ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूहको उपसूचक २.३६ प्रतिशतले, म्यानु एण्ड प्रो समूहको उपसूचक १.८४ प्रतिशतले, फाइनान्स समूहको उपसूचक १.३१ प्रतिशतले र इन्भेस्टमेन्ट समूहको उपसूचक १.२६ प्रतिशतले बढेको छ । अन्य समूहको उपसूचक १ देखि २ प्रतिशतले बढेका छन् । 

म्युचुअल फन्डको उपसूचक भने आज झिनो ०.०३ प्रतिशतले घट्न पुगेको छ ।