काठमाडौं : नेपालका लागि लिपमोटर गाडीहरूको आधिकारिक वितरक सांग्रिला मोटर्सले लिपमोटर बी१० टप भेरियन्टको परिमार्जित मूल्य आधिकारिक रूपमा घोषणा गरेको छ। नेपालको नयाँ संरचना लागू भएसँगै यस गाडीको मूल्य २०२६ मोडलका लागि साविकको रु. ६० लाखबाट घटाएर रु. ५४.९९ लाख अर्थात् साविकको मूल्यभन्दा रु. ५ लाख कम कायम गरिएको छ। उक्त घोषणा जेठ २४ गतेका दिन उत्तरढोकास्थित लिपमोटरको शोरुममा आयोजित एक विशेष कार्यक्रमका बीच गरिएको हो, जसमा मिडिया प्रतिनिधिहरू, अटो इन्फ्लुएन्सरहरू र इभी प्रेमीहरूको उपस्थिति रहेको