काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका छन् । सोमबार बिहान ९ बजे संसद् सचिवालयस्थित सार्वजनिक लेखा समितिको हल, सिंहदरबारमा बस्ने गरि बैठक बोलाइएको हो । समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गरिएको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई आमन्त्रण गरिएको