मापदण्ड नपुगेका एम्बुलेन्स सञ्चालन अनुमति नविकरण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । मापदण्ड नपुगेका एम्बुलेन्सको सञ्चालन अनुमति नवीकरण नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  निर्देशन गरेको छ ।

राष्ट्रिय एम्बुलेन्स सञ्चालन निर्देशिका २०७८ को दफा १५ को मापदण्डअनुसार मात्रै नवीकरण गराउन जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिहरूलाई मन्त्रालयले  निर्देशन दिएको हो ।

मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै एम्बुलेन्सको प्रदूषण, साइरन, रंग, संकेत जानकारीमूलक सूचना लगायत १५ वटा मापदण्ड तोकिएको हुनुपर्ने जनाएको छ ।