'म गृहमन्त्रीबाट हटेपछि मात्र सुनकाण्डहरु उब्जियो' : वामदेव गौतम

काठमाडौँ - नेकपा एकता अभियानाका संयोजक वामदेव गौतमले सुनकाण्डमा आफू तत्कालीन गृहमन्त्री हुँदा सुनकाण्ड नभएको र आफू बाहिरिएपछि मात्रै उब्जिएको बताएका छन् ।

काठमाडौंस्थित रिपोटर्स क्लबमा आयोजित कार्यक्रममा बोल्दै गौतमले आफू मन्त्री रहँदासम्म सुनकाण्ड नभएको र बाहिरिएपछि उब्जिएको बताएका हुन् । उनले सोही सुनकाण्डको गिरोहले आफूलाई हटाएको दाबीसमेत गरे ।

गौतमले सुन तस्करीमा राजनीतिक संलग्नता हुने भन्ने आरोपमा कुनै सत्यता नभएको पनि बताए । सुन तस्करीमा सिधै राजनीतिक संलग्नता जोडिने भन्दा पनि भन्सारमा खटिने कर्मचारी नै मुख्य रुपमा दोषी हुने उनले बताए ।