प्रधानमन्त्री भदौ दोस्रो साता चीन जाने

काठमाण्डौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भदौ दोस्रो साता चीन भ्रमणमा जाने गरी कूटनीतिक तयारी भइरहेको छ । पाँच वर्षपछि प्रधानमन्त्रीको चीन भ्रमण हुँदै छ । प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणमा जाने सार्वजनिक गरिसकेका छन् ।

 भदौ दोस्रो साता चीन जाने गरी दुई देशका कूटनीतिक च्यानलमा छलफल जारी छ । तर, उपयुक्त समयमा मिति सार्वजनिक हुने सम्बद्ध अधिकारीहरू बताउँछन् ।