सुनको मूल्य बढ्यो, कति छ आजको बजार भाउ ?  

काठमाडौँ ।  नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला एक सय रूपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा घटेको छ । आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर एक हजार सात सय ९० रूपैयाँ पुगेको महासंघले जनाएको छ ।