'देशका सबै विद्यालयमा इन्टरनेट सेवा पुर्‍याईनेछ' : सञ्चारमन्त्री शर्मा

 काठमाडौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले चालु आर्थिक वर्षभित्र देशभरका सबै विद्यालयमा इन्टरनेट सेवा पुर्‍याउने तयारी गरेको बताएकी छिन् । 

बाराको सिमरामा नेपाल टेलिकम प्रादेशिक निर्देशनालयले आयोजना गरेको कार्यक्रममा उनले शिक्षालाई प्रविधियुक्त बनाउन देशभरिका सबै विद्यालयमा गुणस्तरीय इन्टरनेट पुर्‍याउने तयारी भइरहेको बताईन् ।