ओली र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता, के-के भयो कुराकानी ? 

 काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाका प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन् । कम्बोडिया सरकारको निमन्त्रणमा निर्वाचन पर्यवेक्षणका लागि ओली २ साउनमा कम्बोडिया गरेका थिए । 

ओलीसँगै विभिन्न देशका २२ जना वरिष्ठ राजनीतिज्ञहरू अहिले निर्वाचन पर्यवेक्षणका लागि कम्बोडियामा छन् । विमानस्थलमै पाकिस्तानका पूव प्रधानमन्त्री युसुस राजा गिलानीसँग ओलीको भेट भएको थियो ।

ओलीले नाइजेरियाका पूर्वराष्ट्रपति जोनाथन गुडलकसँग पनि शिष्टाचार भेटघाट गरेका छन् । आफू कम्बोडिया प्रस्थान गर्नुअघि ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई पार्टीको कार्यवाहकको जिम्मेवारी दिएका थिए । उनी उनी साउन ८ गते सोमबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।