मेयर बालेनविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै 

 काठमाडौँ - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन विरूद्व उच्च अदालत पाटनमा दायर रिटमाथि आज सुनवाइ हुँदैछ ।

सिनेमा हल सञ्चालकहरूले दायर गरेको रिटमाथि सुनुवाइ हुन लागेको हो । मेयर बालेनले भारतीय फिल्म ‘आदिपुरुष’मा सीतालाई भारतको छोरी भनिएको भन्दै काठमाडौं महानगरमा हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाएका थिए ।