आज साँझ ७ बजे, ७ प्रदेश, ७७ जिल्लामा ७७ पटक घण्टी बजाउन रविको आग्रह

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लमिछानले पार्टी स्थापनाको एक वर्ष पुगेको अवसरमा आज साँझ ७ बजे, ७ प्रदेश, ७७ जिल्लामा ७७ पटक घण्टी बजाउन आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले पार्टी स्थापनाका दिन देखि जोडिएर आजसम्म जोडिदै गरेका सम्पुर्णलाई सम्झन चाहेको उल्लेख गरेका छन् ।

सञ्चार क्षेत्र छोडेर राजनीतिमा होमिएका लामिछानेले भनेका छन्ः

इतिहास पढ्ने विषय मात्रै होइन रच्ने विषय पनि हो। “होइन,छैन, सकिदैन” मात्र होइन “हो,छ र सकिन्छ” भन्दै अघि बड्नु पर्छ। आलोचना त कालिकोटमा अस्पताल बनाउदा पनि हुन्थ्यो,कोभिडमा अक्सिजन खोज्दा पनि हुन्थ्यो। अल्मलिने हजार बहाना हुँदा, अघि बड्ने लाख बाटो भेटिन्छन्। के छान्ने आफनो हातमा हुन्छ। रास्वपा एक वर्षको हुदा हिजोको जग खडा गर्नु हुने सिधाकुरा टिमका साथीहरूलाई सम्झन चाहन्छु, New 24 र Galaxy टेलिभिजनलाई सम्झन चाहन्छु। पार्टी स्थापनाका दिन देखि जोडिएर आज सम्म जोडिदै गर्नु हुने सम्पुर्णलाई सम्झन चाहन्छु।”अघि बढी रहु, म साथमा छु” भनेर घरबाटै हिम्मत दिने अर्धाङिनी Nekita Poudel Lamichhane लाई सम्झन चाहन्छु। आज ७ गते, साँझ ७ बजे, ७ प्रदेश, ७७ जिल्लामा ७७ पटक, एक्यवद्धताका लागि घण्टी बजाऔं।