रास्वपाको चियापानमा  प्रधानमन्त्रीदेखि कलाकारसम्म सहभागी

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम स्थापना दिवसका अवसरमा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहि शीर्ष दलका नेताहरू सहभागी भएका छन् । 

भने कालकारहरुको पनि सहभागी देखिन्छ । रास्वपाको कार्यालय वनस्थलीमा आयोजित चियापान समारोहमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित विभिन्न पार्टीका शीर्ष नेता र मन्त्रीहरू समेत सहभागी भएका छन भने महाजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आर्चायको समेत सहभागी रहेको थियो । चियापानमा दही, चिउरा, मकैभटमास, तरकारी, योमरी लगायतका परिकार राखिएको थियो ।