तथ्य र प्रमाणका आधारमा नेपाल-भारत सीमा विवाद समाधान हुन्छ : परराष्ट्रमन्त्री खनाल

  • आइबार​ २४ जेठ २०८३ ०७:३५ PM
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-भारतबीच रहेको सीमा समस्याको समाधान कूटनीतिक माध्यम र विद्यमान द्विपक्षीय संयन्त्रमार्फत खोजिने बताएका छन्।तीनदिने भारत भ्रमण पूरा गरी स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले सीमा विवादलाई तथ्य, प्रमाण र ऐतिहासिक दस्तावेजका आधारमा समाधान गर्ने नेपालको स्पष्ट अडान रहेको बताए।उनले नेपाल र भारतबीच सीमा समस्यालाई वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्ने साझा धारणा रहेको उल्लेख गर्दै आवश्यक परे विद्यमान संयन्त्रसँगै अन्य उपयुक्त संयन्त्र