'लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषय प्रधानमन्त्रीको भारत भ्रमणमा उठाउनुपर्छ' : माधव नेपाल

काठमाडौँ - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीको भारत भ्रमणमा लिम्पियाधुरा, लिपुलेक, कालापानीको विषय उठाउनुपर्ने बताएका छन् ।

संसद बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणसन्दर्भमा नेपालको नक्साको विषय उठाउनुपर्ने आवश्यकता रहेको  बताएका हुन् ।