काठमाडौं । नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीलाई थप एकताबद्ध बनाएर लैजाने विषयमा कुनै प्रगती नभएको बताएका छन् । केही दिनदेखि सञ्चारमाध्यमहरुमा दुई पक्षबिच प्याकेजमा डिल भइरहेको भन्दै खबरहरु बाहिरिएपछि खड्काले त्यसबारे स्पष्ट पारेका हुन् । खड्काले सामाजिक सञ्जालमा लेख्दै आफूसँग पार्टी नेतृत्वको कुरा नभएको एक महिना भन्दा बढी भइसकेको बताए । साथै