उपनिर्वाचनको सबै तयारी पूरा, भोली बिहान ७ बजेदेखि मतदान हुने 

काठमाडौँ - निर्वाचन आयोगले आइतबार हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगले एक विज्ञप्ति जारी गर्दै बारा संघीय निर्वाचन क्षेत्र नम्बर २, चितवन २ र तनहुँ १ मा हुन गइरहेको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । 

आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले जारी गरेको विज्ञप्तिमा आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म आफ्नो तोकिएको मतदान केन्द्रमा उपस्थित भई मतको सदुपयोग गर्न आह्वान गरिएको छ ।