भारतमा कोरोना संक्रमित दैनिक संख्या १२ हजार !

 काठमाडौँ - भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशमा १२ हजारभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । यस अवधिमा १० हजारभन्दा बढी निको भएका छन् ।

पछिल्लो २४ घण्टामा १२ हजार १९३ नयाँ कोरोना संक्रमित थपिएका छन् भने १० हजार ७ सय ६५ जना निको भएका छन् । यसरी देशमा कोरोना संक्रमितको कूल संख्या ६७ हजार ५५६ पुगेको छ ।

यसअघि शुक्रबार ११ हजार ६ सय ९२ नयाँ कोरोना संक्रमित थपिएका थिए भने १० हजार ७८० जना निको भएका थिए । अहिले सकारात्मक दर ६।१७ प्रतिशत छ भने रिकभरी दर ९८।६६ प्रतिशत छ ।