दोहोरो अंकले घट्यो नेप्से, कारोवार रकम कति ? 

 काठमाण्डौँ - साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.७७ प्रतिशत अर्थात १५.४१ अंकले घटेर १ हजार ९६९.०२ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८० प्रतिशतले घटेर ३४७.९५ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा कम्पनीको ५६ लाख ५६ हजार २८२ कित्ता सेयर २ अर्ब ५ करोड ८३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा समूहबाहेक अन्य सबै समूहमा रातो पोतियो । आज म्युचुअल फण्ड समूह ०.०२ प्रतिशतले बढ्यो ।  

आज फाइनान्स समूहमा सबैभन्दा धेरै गिरावट देखियो । फाइनान्स समूह २.१० प्रतिशतले घटेको आज बैंकिङ समूह ०.३, विकास बैंक ०.९५,होटल ०.३४,हाईड्रो ०.९१,लगानी ०.६०,जीवन बीमा ०.७९,उत्पादन तथा प्रशोधन १.२०,लघुवित्त ०.९७,निर्जीवन बीमा ०.५४,अन्य ०.४९ र व्यापार समूह ०.४४ प्रतिशतले घटेको छ ।