ठमाण्डौँ - भोलि आइतबार चितवनमा सवारीसाधन चलाउन रोक लगाइएको छ ।
उपनिर्वाचनलाई लक्षित गर्दै जिल्ला सुरक्षा समितिले राजमार्गसहित जिल्ला भर नै बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म पूर्णरूपमा यातायात सञ्चालनमा रोक लगाइएको हो ।
यसअघि प्रशासनले मुख्य राजमार्गमा लामो दूरीका सवारीसाधनलाई सुरक्षाकर्मीले स्कर्टिङसहित कटाउने निर्णय गरेको थियो । तर उक्त निर्णय बदर गर्दै पूर्ण रूपमा बन्द गराउने निर्णय भएको हो ।
एम्बुलेन्स, दमकलजस्ता अति आवश्यक सवारी साधन भने चल्ने दिइने छ । बाँकी काठमाडौंबाट चितवन हुँदै जाने सवारीसाधन धादिङमा र काठमाडौं भित्रिने सवारीसाधन मकवानपुरमै रोकिनेछन्। चितवन २ सहित तनहुँ १ र बारा २ मा भोलि उपनिर्वाचन हुँदै छ ।