जनकपुरधाम पुगेर नेता झलनाथ खनालले भने-"तत्काल कुनै पार्टीसँग एकता गर्ने पक्षमा छैनौँ"

धनुषा - नेकपा एकिकृत समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले तत्काल कुनै पनि पार्टीसँग एकता गर्ने पक्षमा नरहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा जनकपुरधाममा आयोजना हुने लागेको कार्यक्रममा सहभागी हुन जनकपुरधाम पुगेका नेता खनालले यस्तो बताएका हुन् । 

जनकपुरधाम विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उनले मिलेर जाने कुरा बेग्लै भएपनि नेकपा एकिकृत समाजवादीले तत्काल कसैसँग पार्टी एकीकरण गर्ने सम्भावना नरहेको स्पष्ट पारे ।