शेयर बजारमा आज : धेरै कारोबार गर्ने, कमाउने र गुमाउने कम्पनीहरु कुन-कुन हुन् ?

काठमाण्डौँ - आज गोर्खाज फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ११ करोड ५४ लाख बढीको सेयर कारोबार भयो ।  

त्यस्तै आज जोशी हाईड्रोको सेयरमूल्य १० करोड १० लाख,सर्वोत्तम सिमेन्टको ५ करोड ८४ लाख,सोनापुर मिनरल्सको ४ करोड ८९ लाख र आइएमई लाइफ ४ करोड ६८ लाख बढीको सेयर कारोबार भयो ।  

आज पिपुल्स पावरको सेयरमूल्य सर्वाधिक अर्थात ६.९१ प्रतिशतले बढ्यो । त्यस्तै मानुषी लघुवित्तको सेयरमूल्य ४.२७ प्रतिशतले बढ्यो ।  

आज दोल्ती पावरको सेयरमूल्य सर्वाधिक अर्थात ७.७ प्रतिशतले घट्यो । यो दिन हिमालयन लघुवित्तको सेयरमूल्य ४.७४ र मोलुङ हाईड्रोको सेयरमूल्य ४.२५ प्रतिशतले घट्यो ।