सुन तस्करी प्रकरण : म्याद थपका लागि महरालाई अदालतमा लगिँदै

काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई आज अदालतमा लगिँदैछ ।

म्याद थपको अनुमति लिनका लागि महरालाई अदालतमा लान लागिएको हो । गत सोमबार पहिलो दिन अदालतबाट लिएको ४ दिनको म्याद बिहीबार सकिएकाले सीआईबीले थप अनुसन्धानका लागि भन्दै महराविरुद्ध म्याद थप्ने तयारी गरेको हो ।

यसबीच सीआईबीले बुधबार र बिहीबार गरी दुईपटक महरासँग बयान लिइसकेको छ। सरकारी वकिलको कार्यालयमा बयान दिँदै महराले सुन तस्करीमा आफ्नो संलग्नता अस्वीकार गरिरहेका छन् ।