काठमाडौं : सरकारका कामकारबाहीमाथि प्रभावकारी निगरानी बढाउने तथा संसदमा आफ्नो भूमिकालाई थप सशक्त बनाउने उद्देश्यसहित कांग्रेसले जिम्मेवारी तोकेका विभागीय मन्त्रालयगत संयोजकहरूको बैठक आइतबार बसेको छ। संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको बैठकमा विभिन्न मन्त्रालयगत संयोजकको जिम्मेवारी पाएका सांसदहरूले सरकारका गतिविधि, मन्त्रालयहरूको कार्यसम्पादन तथा जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरूबारे धारणा राखेका थिए।बैठकमा मन्त्रिपरिषदको निर्णय तथा सरकारका कामकारबाहीको नियमित निगरान