भिजन नभएका प्रधानमन्त्री र मन्त्रीहहरु सरकारमा बस्न उचित छैन्  : ज्ञानेन्द्र शाही  

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाही ९ज्ञानेन्द्र शाही० ले कुनै भिजन नभएका  प्रधानमन्त्री र मन्त्रीहरु सरकारमा बस्न उचित नभएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक शाहीले यस्तो बताएका हुन् । उनले देश झनझन गरिब भएको र भ्रष्टाचार बढिरहेको बताउँदै संसदीय व्यवस्था असफल भएको भन्दै यसको बारेमा सोच्ने बेला भइसकेको बताए।

शाहीले ललितानिवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईलाई उन्मुक्ति दिनु नहुने बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक शाहीले ललितानिवास सरकारी जग्गालाई मन्त्रिपरिषद्को निर्णयमा निजी बनाइएको बताए।

उनले लितानिवास सरकारी जग्गालाई मन्त्रिपरिषद्को निर्णयमा निजी बनाइएको बताए। शाहीले निर्णय गर्ने पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईलाई उन्मुक्ति दिनु नहुने उनको भनाइ छ। निर्णय गर्नेलाई उन्मुक्ति दिएर ब्ल्याकमेलिङका लागि व्यापारीलाई पक्राउ गरिएको उनले बताए।

यस्तो निर्णय कानुनी राज्यमा हुन नसक्ने उनको तर्क छ। उनले प्रधानमन्त्रीले फागुन ६ गते संसदमा बोल्ने क्रममा बालकुमारी घटनालाई हत्याको घटना भनेर बोलेको भन्दै हत्या भएको भए गृहमन्त्री र भौतिक पूर्वाधार मन्त्रीलाई जेल हाल्नुपर्ने बताए।

उनले भने, ‘फागुन ६ गते प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रमअन्तर्गत एउटा शब्द उच्चारण गर्नुभयो। बालकुमारीको घटना हत्या भएको हो भन्नुभएको छ। देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीले बालकुमारीको घटना यदि हत्या हो भने हत्यारा आदेश दिने गृहमन्त्री, त्यहाँ जाने भौतिक पूर्वाधारमन्त्री र गोली हान्ने प्रहरीका डिएसपीलाई पक्राउ गरेर जेल किन नहालेको ? यदि हत्या हो भने जेल हाल्नुपर्छ। प्रधानमन्त्रीजस्तो मान्छेले यहाँ आएर जे पायो त्यही बोल्न पाइँदैन।’