रुघा खोकी उपचारको क्रममा बालिकाको मृत्यु भएपछि हिमाल अस्पतालमा आन्दोलन

काठमाडौँ - २८ महिनाकी बालिका प्रशंशा गौतमको सामान्य रुघा खोकी उपचारको क्रममा मृत्यु भएपछि एक दम्पत्तिले काठमाडौंको नक्सालस्थित हिमाल अस्पतालमा आन्दोलन गरिरहेका छन् । 

मोरङका गंगा गौतमले आफ्नी २८ महिनाकी छोरी प्रशंशाको उपचारको क्रममा लापरबाही गरेका कारण ज्यान गएको भन्दै सो अस्पताल र कार्यरत चिकित्सक जयदेव यादवलाई कारबाही गर्न माग गर्दै अस्पतालमा आन्दोलन गरेका हुन् ।