गगन थापाले भने__'खराब नियतले काम गर्ने लघुवित्तलाई कारबाही गरिनुपर्छ' 

काठमाण्डौँ - नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले बदनियतले काम गर्ने लघुवित्त संस्थाहरूलाई कारबाही गर्न माग गरेका छन् । 

आज बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले खराब नियतले काम गर्ने लघुवित्तलाई राष्ट्र बैंकले सुपरीवेक्षण गरेर तत्काल कारबाही गर्न माग गरे ।  उनले लघुवित्तका कारण मर्कामा परेकाहरूलाई बैंक तथा वित्तीय संस्थाहरूको सामाजिक उत्तरदायित्वको रकमबाट राहत दिन आवश्यक रहेको बताए । उनले लघुवित्तका कारण कयौँ गरिब नागरिक माथि उठ्न नसक्ने गरी थला परेका टिप्पणी गरे ।