सभापति देउवाले भने__'सहमति भए महन्थ ठाकुर राष्ट्रपतिका लागि उपयुक्त पात्र हो'

काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबैको सहमति भए महन्थ ठाकुरलाई स्वीकार्न कांग्रेस तयार रहेको बताएका छन् ।

बुधबार बिहान धुम्बाराहीस्थित देउवा निवासमा पुगेका लोसपाका नेताहरुसँगको भेटमा उनले राष्ट्रपतिमा महन्थ ठाकुर उपयुक्त पात्र रहेको बताएको लोसपाका नेता शरदसिंह भण्डारीले जानकारी दिए ।

सभापति देउवाले लोसपाका नेताहरुको प्रस्ताबलाई पार्टीमा छलफल गरेर निर्णय गर्ने बताएको लोसपा नेता भण्डारीले बताए । नेता भण्डारीका अनुसार महन्थ ठाकुरलाई राष्ट्रपति बनाउने लोसपाको प्रस्तावमा देउवा सकारकात्मक देखिएका छन् ।