एक महिलाले दुई छोरासहित गण्डक नहरमा हाम फालिन

पश्चिम नवलपरासी - पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–२ हरकपुरस्थित गण्डक नहरमा हामफालेर बेपत्ता भएकी एक महिला र उनका दुईवटा छोराको खोजीकार्य भइरहेको छ ।

मंगलबार दिउँसो २९ वर्षीया प्रतिमा थारु ९ वर्षीय छोरा कृष थारु र ७ वर्षीय छोरा सुमित थारुसहित नहरमा हामफालेकी थिइन् । तीनजनाकै खोजीकार्य भइरहेको प्रहरीले जनााएको छ ।