राष्ट्रपतिमा महन्थ ठाकुरलाई सहयोग गर्न लोसपाका नेताहरुले आज देउवासँग छलफल गर्दै

काठमाण्डौँ - राष्ट्रपतिमा आफ्नो दलको उम्मेदवार महन्थ ठाकुरलाई सहयोग गर्न माग गर्दै आज लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेताहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्नेभएका छन् ।

 हिजो मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेट गरेका लोसपाका नेताहरुले हिजो नै नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीसँग पनि बालकोटमा भेटगरी सो माग गरेका थिए ।