परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा विवाद समाधानका लागि कुनै तेस्रो देश वा बाह्य मध्यस्थताको आवश्यकता नरहेको स्पष्ट पारेका छन्। भारत भ्रमण सम्पन्न गरेर स्वदेश फर्किनुअघि नयाँ दिल्लीमा भारतीय सञ्चारमाध्यमसँगको अन्तरक्रियामा उनले नेपाल र भारतबीच रहेका सबै सीमा सम्बन्धी विषयहरू प्रत्यक्ष द्विपक्षीय संवाद र कूटनीतिक माध्यमबाट समाधान गर्न सकिने बताएका हुन्। भारतीय सञ्चारमाध्यमहरूसँगको संवादमा मन्त्री खनालले