लक्ष्मी पुनलाई पशुपति क्षेत्र विकास कोष्मा काम गर्न उच्च अदालतबाट रोक

काठमाडौँ । उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई काम गर्न रोक लगाएको छ ।

योग्यता र मापदण्ड नपुगेको भन्दै कार्यकारी निर्देशक पुनको नियुक्तीविरुद्ध परेको रिटमा उच्च अदालत पाटनले नियुक्ती कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

पुनविरुद्ध पुस २९ गते कोषकै भरत मरासिनीले रिट दायर गरेका थिए । न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले पुनको नियुक्ति कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

पुस ४ गते बसेको पशुपति क्षेत्र विकास कोषको परिषद् बैठकबाट पुन कार्यकारी निर्देशकमा नियुक्त हुनु भएको थियो ।