सहकारीबाट आफ्नो निजी खातामा एक करोड ८० लाख आएको भन्ने कुरा गलत हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीबाट एक करोड ८० लाख रुपैयाँ आफ्नो खातामा हालेको भन्ने समाचारको खण्डन गरेका छन्।

सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले निजी खातामा एक करोड ८० लाख भएको भन्ने कुरा गलत रहेको दाबी गरे। उनले आफूलाई ग्लोबल आईएमई बैंकले खातामा पैसा नआएको पत्र पठाएको बताए।

सोमबार कान्तिपुर दैनिकले ‘ग्यालेक्सी छोड्दा लामिछानेको निजी खातामा १ करोड ८० लाख जम्मा’ शिर्षकमा समाचार प्रकाशित गरेको थियो। समाचार प्रकाशन गरेसँगै सभापति लामिछानेले पत्रकार सम्मेलन गरेर बैंकलाई नसोधीकन आफ्नोविरुद्धमा समाचार लेखिएको र निजी खातामा एक करोड ८० लाख आएको कुरा गलत रहेको दाबी गरे।

 ।