इटहरीमा नक्कली पेस्तोल देखाएर लुटपाट गर्न खोज्ने दुई जना पक्राउ

 काठमाडौँ । सुनसरीको इटहरीमा नक्कली पेस्तोल देखाएर लुटपाट गर्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इटहरी उपमहानगरपालिका वडा नम्बर–६ का सर्वसाधारणलाई आतंकित बनाइ लुटपाट गर्ने योजना बनाइरहेका दुई जनालाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ पर्नेमा धनकुटा छथर जोरपाटी गाउँपालिका–५ का ३० वर्षिय दावा छिरिङ शेर्पा र विराटनगर महानगरपालिका–१५ का ३५ वर्षिय शिरिस बोहरा रहेका छन् । पक्राउ परेका बोहोराको साथबाट मेड इन चाइना लेखिएको नक्कली पेस्तोल बरामद गरिएको छ ।

दुवै जनालाई सुनसरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि कानुनी कार्वाहीको प्रक्रिया अगाडि बढाइएको पनि प्रहरीले जनाएको छ ।