सेयर बजार राताम्मै, ३१ अंकको गिरावट

काठमाडौं । शेयर बजार सामान्य अंकले घटेको छ ।  निरन्तर चार दिनदेखि घटिरहेको बजार सोमबार ३१ दशमलव ४९ अंकले घटेर २ हजार ९८ मा झरेको हो ।

नेप्सेसँगै सोमबार कारोबार रकम पनि घटेको छ । अघिल्ला दिनहरुमा ७ अर्बभन्दा बढीको कारोबार हुदै आएकोमा आज ३०७ वटा कम्पनीको एक करोड ८० लाख ४३ हजार कित्ता शेयर ६ अर्ब ३६ करोड ६० लाख रुपैयाँमा खरिदविक्री भएको छ ।

घटेको बजारमा पनि अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो भने दोर्दीखोला जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक ८ दशमलव ३३ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा सोमबार पनि हिमालयन रि इन्स्योरेन्सको ७८ करोड ६३ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ । नेप्सेमा सूचिकृत १३ वटा उपसमूहमध्ये आज व्यापार उपसमूह बाहेक अरु सबै उपसमूह घटेका छन् ।