न्यूरोड क्षेत्रका कालोपत्रे सडकमा सवारी पार्किङ गर्न रोक, यस्तो छ वैकल्पिक व्यवस्था

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ ।

भोलि माघ ९ गते मंगलबार  देखि सो क्षेत्रमा पार्किङ निषेध गरिने  महानगरले जनाएको छ । यसको विकल्पमा काठमाडौँ टावरमा निःशुल्क पार्किङको सुविधा उपलब्ध गराइनेछ ।

यस ठाउँमा ३ सय वटा चारङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने महानगरले जनाएको छ । महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल आसपास कालोपत्रे सडकमा पार्किङ निषेध हुने छ ।