मोटरसाइकल भीरबाट खस्दा २८ वर्षीय युवकको मृत्यु  

काठमाडौ । मोटरसाइकल भीरबाट खस्दा २८ वर्षिय युवकको मृत्यु भएको छ ।  रम्भा गाउँपालिका– १ स्थित कालीगण्डकी करिडोर सडकखण्डको भोवरमा मोटरसाइकल दुर्घटना हुँदा २८ वर्षीय हेमन्त जिटीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक एवं प्रवक्ता श्रीराम भट्टका अनुसार मोटरसाइकल सडकदेखि करिब दुई सय मिटर तल खसेर दुर्घटना हुँदा जिटीको मृत्यु भएको हो ।

उनको शव परीक्षण लागि रामपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।