गण्डकी नयाँ ओमोडा ई फाइभ प्रो सार्वजनिक

  • आइबार​ २४ जेठ २०८३ ०६:०६ PM
पोखरा : गण्डकी प्रदेशका लागि ओमोडा जेइको तथा आईकार सवारी साधनहरूको आधिकारिक बिक्रेता एलाइट मोटर्सले ब्रान्डको उल्लेखनीय सफलताको भव्य उत्सवका साथ पोखरामा नयाँ ओमोडा ई फाइभ प्रो सार्वजनिकरण गरेको छ।कार्यक्रममा गण्डकीका ११ भन्दा बढी नयाँ ओमोडा ई फाइभ प्रो ग्राहकहरूलाई साँचो हस्तान्तरणसमेत गरिएको थियो। जसले नयाँ मोडलप्रति ग्राहकहरूको उत्साहजनक विश्वास र आकर्षणलाई प्रस्ट्याएको छ।यस कार्यक्रममा ग्राहकहरू, व्यवसायिक क्षेत्रका प्रतिनिधिहरू, अटोमोबाइल पारखीहरू तथा विभिन्न सरोकारवालाहरूको उल्लेखनीय सहभागि