थप ३ वटा होटल सञ्चालनका लागि म्यारियट इन्टरनेशनल र सीजीबिच सम्झौता

  • आइबार​ २४ जेठ २०८३ ११:४६ AM
काठमाडौं । म्यारियट इन्टरनेशनल र सीजी कर्प ग्लोवलबिच नेपाल र भारतमा तीनवटा नयाँ सुविधासम्पन्न होटलहरू सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । आइतबार काठमाडौंमा आयोजित एक विशेष समारोहमा म्यारियट इन्टरनेसनलका अध्यक्ष डेभिड म्यारियटले यस साझेदारीको घोषणा गरेका हुन् । सम्झौताअनुसार काठमाडौंमा ‘द रिट्ज–कार्लटन’ र ‘द वेस्टिन’ तथा भारतको सिलिगुडीमा ‘जेडब्लु म्यारियट’ होटल सञ्चालनमा आउनेछन् ।