खाँदबारी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संखुवासभाको प्रथम जिल्ला अधिवेशनले भक्तनारायण श्रेष्ठलाई पुनः जिल्ला सभापतिमा सर्वसम्मत रूपमा चयन गरेको छ । आइतबार सम्पन्न अधिवेशनले श्रेष्ठको नेतृत्वमा २१ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो । नवगठित कार्यसमितिको उपसभापतिमा सुमन डाँगी, सचिवमा सुनिल श्रेष्ठ, कोषाध्यक्षमा पवित्रा बजगाई तथा सहसचिवमा सन्तोष बस्नेत चयन भएका छन् ।रास्वपा प्रथम जिल्ला अधिवेशनबाट पुनः जिल्ला सभापतिमा सर्वसम्मत चयन भएका श्रेष्ठले सम्पूर्ण प्रतिनिधि, सदस्य तथा शुभेच