कपिलवस्तु– एमाले नेता एवं पूर्वसांसद् मंगलप्रसाद गुप्ताको निधन भएको छ । गुप्ताको उपचारका क्रममा आइतबार नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा निधन भएको हो । एमाले जिल्ला अध्यक्ष बाबुराम खनालले हृदयघातपछि उपचारका क्रममा गुप्ताको निधन भएको बताए । ८१ वर्षीय गुप्ता ०७९ को निर्वाचनमा एमालेका तर्फबाट कपिलवस्तु–३ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । गुप्ताको मंगलबार नेपाल ल्याउने