चुनाव जितेपछि कमाएको इज्जत फाल्दिनँ : सुधन गुरुङ

  • आइबार​ २४ जेठ २०८३ ०३:०६ PM
गोरखा : प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सुधन गुरुङले गृह मन्त्रालयमा पुनः फर्कन सक्ने संकेत गरेका छन् । रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले गृह मन्त्रालयमा पुनः फर्र्किएपछि फोटो खिचाउन, खादा माला लगाउन पहिलो दुई महिनासम्म मन्त्रालयमा नधाउन अनुरोध पनि गरेका छन् ।सम्पति छानबिन आयोगबाट सफाइ पाउने संकेत गर्दै उनले भने, ‘सम्पति छानबिन आयोगबाट सफाई पाइहालें र म पुरानै जिम्मेवारी फर्किहालेको खण्डमा मलाई पहिलो दुई महिना समय दिन अनुरोध गर्द