काठमाडौं : हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले १९ लाख ५२ हजार नेपाली रुपैयाँसहित एक जना पक्राउ गरेको छ।रसुवा गोसाईकुण्ड-६ धुन्चे बजारमा प्रहरी टोलीले पासाङ ल्हामु राजमार्ग सडकखण्डमा स्याफ्रुवेशीबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ४८०७ नम्बरको भाडाको सुमो गाडीलाई जाँच गर्दा रसुवा गोसाईकुण्ड-३ स्थायी घर भएका ३५ वर्षीय मिङमार छिरिङ गुरूङको साथबाट रकम बरामद भएको हो।प्रहरी निरीक्षक राजु शाहका अनुसार बोकेको झोलाभित्र १ हजार, ५ सय र १०० रुपैयाँका १९ लाख ५२ हजार १०० रुपैयाँ फेला परेको हो। उक्त