काठमाडौँ : अन्तर-व्यवस्थापिका मञ्चको ११ औँ सम्मेलन सहकार्य र अन्तरबद्धतालाई सूचना प्रविधियुक्त बनाउन संघीय संसद् र सबै प्रदेश सभाले ‘डिजिटल पार्लियामेन्ट’ प्रणाली विकास गर्नेलगायत नौ बुँदे टीकापुर-सन्देश पत्र जारी गर्दै सम्पन्न भएको छ । संसदीय गतिविधिमा सूचना प्रविधिमार्फत नागरिक सहभागिता सुनिश्चित गर्न एवं तहगत व्यवस्थापिकाबीच ‘डिजिटल पार्लियामेन्ट’ प्रणाली विकास गर्ने घोषणासहित कैलालीको टीकापुरमा सम्मेलन सम्पन्न भएको हो । टीकापुरमा आयोजित दुई दिने सम्मेलनमा संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको मर्मलाई आत्मसात् गर्दै संघ, प्रदेश र स्थानीय तहका कानुन निर्माण र व्यवस्थापकीय कार्य प्रक्रियालाई सहकारिता, समन्वय र सहअस्तित्वको संवैधानिक सिद्धान्तअनुरूप ... The post नौ बुँदे टीकापुर सन्देश पत्र जारी गर्दै सकियो अन्तर-व्यवस्थापिका मञ्चको ११ औँ सम्मेलन appeared first on Kalika Khabar.