काठमाडौं । पोर्चुगलमा सक्रिय गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का विभिन्न समूहबीच लामो समयदेखि जारी संस्थागत विवादबिच सुजन लामा नेतृत्वको समितिले त्यहाँको सरकारी निकायबाट आधिकारिक मान्यता प्राप्त गरेको छ । संस्थाका सचिव सुरज भण्डारीले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार सन् २०२५ अक्टोबरमा सुजन लामाको नेतृत्वमा रहेको एनआरएनए एनसीसी पोर्चुगलले पोर्चुगलको न्याय मन्त्रालयअन्तर्गतको दर्ता